कोपा अमेरिका : पेनाल्टी सुटआउटमा क्यानडालाई हराउँदै उरुग्वे तेस्रो

Jhalkonepal

काठमाडौँ, असार ३०

 

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको छ । 

अमेरिकाको क्यारोलिनामा आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो । 

सेमिफाइनलमा उरुग्वे कोलम्बियासँग र क्यानडा अर्जेन्टिनासँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । निर्धारित ९० मिनेटको समयमादुवै टिमले दुई दुई गोलको बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

सुरुआती अग्रता उरुग्वेले लिएपनि अग्रता जोगाउन असफल भएको थियो । एक समय पछि परेको अवस्थामा अतिरिक्त समयका दोस्रो मिनेटमा लुईस सुवारेजले गोल गर्दै खेल पेनाल्टीमा लगेका थिए ।

आठाैँ मिनेटमा रोड्रिगो बेन्टकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा क्यानडाका स्मेल कोनले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याएका थिए ।

८० औँ मिनेटमा क्यानडाले अग्रता लिएको थियो । जोनाथन डेभिडले गोल गरेपछि क्यानडा २–१ ले अघि बढ्यो । तर, अतिरिक्त समयको दोस्रो मिनेटमा सुवारेजले गोल गर्दै खेल पेनाल्टी सूटआउट लगे र अन्ततः उरुग्वेलाई नै जिताए ।

·          

प्रतिक्रिया