काठमाडाैं, साउन १६
झापाको प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका मेचीनगर नगरपालिका वडा नम्बर ६ का २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो । १३ साउनमा ५ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका खड्कामाथि प्रहरीले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको थियो ।
१५ साउन २०८१, बुधबार ०१:१९ मा प्रकाशित