सोलुखुम्बुमा एक महिलाको शव फेला

Jhalkonepal

सोलुखुम्बु, फागुन १३ 

सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो। 

मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो । मृतक महिलाको शरीरमा कपडा  नभएकाे र उनकाे  केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया