काठमाण्डौं, असोज ९
आइसीसी विश्वकप लिग २ अन्तरगत क्यानडामा भइरहेको नेपाल ओमान र क्यानडा विचको त्रिकोणात्मक श्रृंखलामा नेपालका लागि निरासाजनक रह्यो । ४ खेल खेल्दा नेपालले एउटा पनि जित सकेन, हिजो राती ओमान र नेपाल विचको खेल बर्षाले प्रभावित भए पछि दुबै देशले अंक बाढ्नु परेको कारण नेपाल अंकविहान भएर घर फर्किनु पर्ने अवस्थाबाट चाहि जोगियो । जारि श्रृंखलामा नेपालले खेलेका ४ खेलमा ३ मा हार ब्यहोरेको छ भने, १ खेल बर्षाले प्रभावित गरिकाले अंक बाढेको छ ।
लिग २ अन्तरगत हाल सम्म नेपालले खेलेका ८ मध्ये, ६ मा हार ब्यहोरेको छ भने एक खेलमा जित र एकमा अंक बाढेको छ । ८ खेल खेलिसकेको अवस्थामा नेपालले ३ अंक मात्र जोडेको छ । अंक तालिकाको शिर्षस्थानमा रहेको क्यानडाको ११ खेलमा १४ अंक, दोस्रो स्थानको अमेरिकाको ८ खेलमा १२ अंक, तेस्रो स्थानको नेदरलैण्डको ८ खेलमा १२ अंक, चौथो स्थानमा रहेको स्कटलैण्डको ७ खेलमा ९ अंक, पाचौ स्थानमा रहेको नामिवियाको ११ खेलमा ८ अंक, छैटौ स्थानमा रहेको ओमानको ७ खेलमा ६ अंक छ ।
सातौ स्थानको नेपाल ३ अंकमा सिमित छ भने नेपाल भन्दा पछि आठौ स्थानमा रहेको युएईले २ अंक मात्र जोडेका छ । युएईले अहिले सम्म ६ खेल खेलेको छ ।