विराटनगर , चैत २९
कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि आव्हान भएको छ । एक चौथाइ भन्दा बढी सांसदको हस्ताक्षरमा माग भएको विशेष अधिवेशन आव्हान गरिएको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाभन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा विशेष अधिवेशन बोलाएका हुन् ।
कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०।१२।२६ गतेको लिखित अनुरोधमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम २०८१ साल वैशाख ६ गते बिहीबार दिउँसो १ बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। विज्ञहरूसँगको परामर्शमा संविधानले व्यवस्था गरे अनुसार नै विशेष अधिवेशन आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
२८ चैत २०८०, बिहिबार ०७:०३ मा प्रकाशित