सुनसरी , माघ १६
सुनसरीको इनरुवा ८ मा अफ्नै बुवाको हत्या अरोपमा
छोरा पक्राउ परेका छन् ।
इनरुवा ८ गणेशपुर टोलका चिबु
सदाले माघ ११ गते बुवा चिलिया ऋषिदेव लाइ कुटपिट गरेका थिए । घरायसी लेनदेनको
विषयमा कुटपिट गर्दा गम्भिर घाइते भएका वुवाको हिजो साँझ विराटनगर अस्पतालमा मृत्यु
भएको हो ।
७० वर्षीय सदाको मृत्यु भए सँगै फरार छोरा चिवुलाइ बराहक्षेत्र ५ स्थित भरौलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रबक्ता प्रहरी
नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
१५ माघ २०८०, मङ्गलबार ०९:५६ मा प्रकाशित