सुनसरी, असार ३०
सुनसरीको हरिनगर गाउँपालिका- ६ मा एक किशोरी माथी गोली प्रहार हुदाँ किशोरीको ज्यान गएको छ । प्रहरीका अनुसार हरिनगर गाउँपालिका( ६ घुस्कीमा आइतबार राति करिब १ बजे १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।
किशोरीलाई भारतिय नागरिक उनकै भिनाजुले गोली प्रहार गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए ।
भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले राती १ बजे किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए । किशोरीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि आजात मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै भएकोले गोली प्रहार गरे पछि आजात मिया भारत भागेको आशंका गरिएको छ ।
२९ असार २०८२, सोमबार ०८:४३ मा प्रकाशित