काठमाडौं, कार्तिक ९
कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन्।
सातदोबाटोस्थित नेपाल
टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि
उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन्। कमलले ५५ वर्षमाथि उमेरसमूहको
फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए। उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई
समान ४–० को स्कोरमा पराजित गरे ।
८ कार्तिक २०८१, शुक्रबार ०९:०८ मा प्रकाशित