प्रहरी दिवसको अवसरमा वृक्षारोपण तथा स्टेशनरी बितरण

Jhalkonepal

            

बिराटनगर, असोज २६ 


कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले ६८ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी परिसमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थितमा  बिभिन्न जातका बिरुवाहरु रोपिएको थियो ।

बृक्षारोपनको क्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले रोपिएका बिरुवाको संरक्षणसम्वर्धन समेत गरी वातावरणलाई सफास्वच्छसुन्दर तथा सन्तुलन बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीले निरन्तर लागि पर्नु पर्ने समेत बताउनु भएको छ ।

 कोशी प्रदेश प्रहरी कार्यालय तथा अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयहरु परिसरमा एक हजार भन्दा बढी बिभिन्न जातको रुख तथा फलफुलका बिरुवाहरु रोपिएका छन ।

यसैगरी साेही अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरेकाे छ।कोशी प्रदेशकी अध्यक्ष  अजिता देवकोटा बास्तोलाकाे प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको हाे ।

सुनसरीको धरान उप-महानगरपालिका-१६ मा रहेको श्री भगवती आधारभुत  बिद्यालयमा अध्ययनरत ९० जना बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको हाे।


प्रतिक्रिया