इलाम क्षेत्र नम्बर–२को बिहान ७ बजेदेखि मतगणना गरिने

Jhalkonepal

इलाम, बैशाख १६

इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ ।हिजो राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो  ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।

प्रतिक्रिया