साफ यू-२० च्याम्पियनसिप: उपाधिका लागी नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदै

Jhalkonepal

काठमाडौँ, भदाै १२

जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समयानुसार दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । नेपालले सेमिफाइनलमा भुटान र बङ्गलादेशले भारतलाई पराजित गरेको हो । 


आजको खेल जित्दै नेपाल दक्षिण एसियामा आफूलाई बलियो साबित गरी उपाधि घरमै राख्ने सोचमा छ भने भारतलाई हराएको बङ्गलादेश पनि उच्च मनोबलका साथ उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छ ।

 

प्रतिक्रिया