नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल श्रीलङ्कासँग पराजित

Jhalkonepal

काठमाण्डाै , मंसिर ८

नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो ।

यसअघि पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले ४ विकेट गुमाएर १ सय ९५ रन बनायो । श्रीलङ्काका दमिथ सन्दारुवानले नटआउट सय रन बनाए । नेपालका सुनिल राना मगर र सुनिल सुवेदी क्षेत्रीले १/१ विकेट लिए ।

नेपालले दोस्रो खेलमा भोलि बङ्गलादेशसँग, तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग, चौथो खेलमा आउँदो मङ्गलवार दक्षिण अफ्रिकासँग र पाँचौं खेलमा बुधवार आयोजक पाकिस्तानसँग खेल्नेछ । नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो ।


प्रतिक्रिया