काठमाडौ , असार ९
धनगढीमा एक युवती मृत भेटिएकी छन्। बिहान धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी राजकुमार सिंहका अनुसार सोमबार बिहान डेराबाट दुर्गन्ध आएको भन्न सूचना पाएपछि प्रहरी उक्त घरमा पुगेको थियो।
प्रहरीले उक्त कोठामा लगाएको ताला तोडेर ढोका खोलेर हेर्दा भित्र रेणुकाको शव भेटेको हो।मृत भेटिएकी चौधरी खानेपानीकी मिटर रिडिङ कर्मचारी हुन्। उनको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरवस्ती हो। जागिरकै लागि उनी बैयाबेहडीमा डेरा गरी बस्दै आएको खुलेको छ।
८ असार २०८२, सोमबार १२:०७ मा प्रकाशित