राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने फोर नेसन्स कप नखेल्ने

Jhalkonepal

काठमाडौ, असार १४

नेपाली‌ राष्ट्रिय महिला फुटबल टोलीले यसै महिना लेबनानमा हुने भनिएको फोर नेसन्स कप नखेल्ने लगभग निश्चित भएको छ ।

लेबनान फुटबल संघले प्रतियोगिताको तालिका गरिसकेको भए‌पनि लेबनानमा असुरक्षित रहेको भन्दै टोलीलाई नपठाउनेमा तयारी अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको बुझिएको छ ।

बंगलादेशले पनि भाग नलिने भन्ने सुचना प्राप्त भएको छ । हामीले पनि यो विषय चर्चा गरेका छौं, भोलि एन्फाकाे औपचारिक निर्णय आउनेछ, स्रोतले भन्यो ।

नेपालले २६ गते जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने तालिका थियो । नेपालले दोस्रो खेल बंगलादेशसँग असार २९ गते र अन्तिम खेल साउन १ गते घरेलु टोली लेबनानसँग खेल्ने तालिका थियो। त्यसका लागि नेपाली टोलीको घोषणा पनि भइसकेको थियो।

प्रतिक्रिया