पेरिस ओलम्पिक २०२४ : ब्याडमिन्टनका दाहालकाे लगातार दोस्रो पराजित

Jhalkonepal

काठमाण्डाै, साउन १५

पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गरिरहेका नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल लगातार दोस्रो खेलमा पनि पराजित भएका छन् । प्रिन्स आयरल्याण्डका नहाट एन्ग्वेन विरुद्ध सोझो सेटमा पराजित गरेका हुन् ।

विश्व वरियतान ४३औं स्थानमा रहेका एन्ग्वेन विरुद्ध प्रिन्सको प्रदर्शन खराब रह्यो । प्रिन्स २१-७ र २१-५ स्कोर सहित सोझो सेटमा पराजित भएका हुन् । प्रिन्स पहिलो खेलमा विश्व नम्बर २ भिक्टर एक्सेलसन विरुद्ध २१-८ र २१-६ ले पराजित भएका थिए ।प्रिन्सले अब समूह चरणको अन्तिम खेलमा इजरायलका मिशा जिलबरमन विरुद्ध प्रतिस्पर्धा गर्नेछन् । समूह विजेता मात्र अर्को चरणमा प्रवेश गर्ने हुँदा प्रिन्स भने समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ ।

यसअघि नेपाललाई प्रतिनिधित्व गर्दै पेरिस पुगेका ६ खेलमा ७ खेलाडी मध्य ४ खेलाडी बाहिरिसकेका छन् । टेबल टेनिसका स्यान्टू श्रेष्ठ, पौडीकी डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ प्रधान र शूटिंगकी सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका हुन् । पौडीका एलेक्स शाह र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न भने बाँकी रहेको छ ।

प्रतिक्रिया