काठमाण्डौं, जेठ ७
आइपिएल २०२४ को प्लेअफको समिकरण पुरा भएको छ । प्लेअफमा पुग्ने चार टोलीको टुंगो अस्ती नै लागिसकेको भए पनि स्थान भने टुंगो लागेको थिएन । हिजो भएको अन्तिम दुई खेलको नतिजाले चार वटै टोलीको स्थान टुंग्याएको छ ।
हिजो भएको पहिलो खेलमा हैदराबादले पंजाबलाई पराजित गर्दै २ अंक जोडेर जम्मा १७ अंक हासिल गर्यो । यस अघि १५ अंकका साथ हैदराबाद तेस्रो स्थानमा रहेको थियो । राति भएको दोस्रो खेल बर्षाले प्रभावित भए पछि राजस्थान र कोलकत्ताले अंक बाड्नु पर्दा, राजस्थान १ अंक थपेर १७ अंकमा पूग्यो तर रनरेटको आधारमा हैददाबाद भन्दा पछि पर्दै राजस्थान तेस्रो स्थानमा झरेको हो । यस अघि राजस्थान १६ अंकका साथ दोस्रो स्थानमा रहेको थियो ।
हिजो राति भएका खेल संग प्लेअफको क्लालिफायर खेलमा कोलकत्तका र हैदराबाद विच खेल हुनेछ । यो खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासंग फाइनल प्रवेसको लागि फेरी खेल्ने मौका पाउने छ । प्लेअफको इलिमिनेटर खेलमा राजस्थान र बैग्लूरुका विच प्रतिस्पर्धा हुनेछ ।