मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति माग गर्दै दरखास्त आह्वान

Jhalkonepal

सुदूरपश्चिम , माघ २६

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति माग गर्दै दरखास्त आह्वान भएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले  सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

यसअघि समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति माग गर्दै सूचना निकालेको थियो। गत माघ २३ गते सूचना निकालेर समितिले इच्छुकलाई १५ दिनभित्र दरखास्त आह्वान पेश गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया