काठमाडौ फागुन ४
खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी बजारमा साँझ देखि भीषण आगलागी भइरहेको छ । स्थानीय एक हार्डवेयर पसलबाट सुरु भएको आगाे स्थानीयबासी र सुरक्षाकर्मीहरूकाे पहलमा नियन्त्रणमा ल्याउने प्रयास गरे पनि आगो नियन्त्रणभन्दा बाहिर गएको स्थानियहरूले जानकारी दिए। आगलागीबाट दुइटा घर जलेर नस्ट भएका छन । आयो निभाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।
३ फाल्गुण २०८१, आईतबार ०८:२४ मा प्रकाशित