प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुनसरी मोरङमा हुने कार्यक्रम सहभागी हुनुहुदैछ । आजदेखि सुरूहुने अन्तर्राष्ट्रिय स्तरको मोरङ व्यापार सङ्घ उद्घाटन का लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगरमा आइपुग्नु भएको हो ।
एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बिहीबार साँझ विराटनगर आई पुग्नु भएका प्रधानमन्त्री शुक्रवार बिहान ८ बजे विराटनगरबाट सुनसरी प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।
बिहान १० बजे उहा सुनसरीको इनरुवामा विद्युतीय लाइनको उद्घाटन गर्ने र त्यसपछि प्रधानमन्त्री दाहाल मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ मा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गरी दिउँसो करिब ३ बजे मोरङ व्यापार सङ्घ एक्स्पोको उद्घाटनमा पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल एक्स्पोको उद्घाटन गरी आजै साँझ काठमाडौँ फर्किनुहुनेछ ।