सुनसरी , चैत ३
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार आगलागीमा परी पिप्लेका केदार कार्कीका छाेरा ५ बर्षका प्रनिस कार्की , रमेश कार्कीकी ७ बर्षकी छाेरी दिपशिखा कार्की र उनका भाइ ३ बर्षका देउसन कार्की काे जरेर मृत्यु भएको हाे । ।
घरमा कोहि नभएका बेला गाेठबाट आगाे सल्किएर घर जल्दा बालबालिकाकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । यद्पि आगलागी कसरी कँहाबाट सुरूभयाे भन्ने बिषयमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२ चैत २०८०, शनिवार ०९:३६ मा प्रकाशित