मानव बेचबिखन तथा ओसारपसारमा सामाजिक संजालको व्यापक प्रयोग ,एक वर्षमा सिमानाकाबाट २०२ जनाको उद्धार

Jhalkonepal

काठमाडौ माघ २९

मानव बेचबिखन तथा ओसारपसारमा  सामाजिक सञ्जालको व्यापक प्रयोग हुने गरेको माइती नेपाल मोरङको वार्षिक विवरणमा जनाइएको छ । विवरणमा  किशोरीहरु एक्लै सीमा पार हुने साथै प्रेम सम्वन्ध देखाएर जाने कुराले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा ठुलो चुनौती थपिएको माइती नेपालले जनाएको हो  । आज माइती नेपालले २०२४ मार्चदेखि २०२५ फेब्रुअरी १० सम्म मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सफलता तथा चुनौती बारे प्रतिवेदन सार्वजनिक गदै सो विषयको जानकारी गराएको हो ।

सामाजिक सञ्जालको प्रयोग गर्दै किशोरीहरु एक्लै सीमा पार हुदा अपराधमा सम्लग्न मानिस भेटिन नसकेको, भारतबाट नेपालका विभिन्न फ्याक्ट्रीमा काम गर्न आउनेहरुसंग नेपालका किशोरीहरु विवाहका नाममा वा प्रेम सम्वन्धकामा रहने क्रम  वढेको कारण मानव वेचविखन विरुद्धको सफलतामा चुनौती थपिएको माइती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले बताउनु भयो । 

यस्तै माइती नेपालले एक वर्षमा सिमानाकाबाट २०२ जनाको उद्धार गरेको छ। चुनौती  बारे सार्वजनिक प्रतिवेदनमा  जोखिममा रहेर सीमावर्ती नाकाबाट फिर्ता गरिएकाहरू २०२ जना रहेको जनाइएको छ ।३ जनालाई भारतको कटिहारबाट फिर्ता गरिएको जनाएको छ। हराएर आएका ३४ जनाको निवेदन मध्ये ७ जना भेटिएको  जानकारी दिइयो । माइती नेपालमा घरेलु हिंसाका ४८ वटा उजुरी, सीमा नाकाबाट नै फर्काइएको १३ जना र १३२ जनाको काउन्सिलिङ गरिएको छ।

जोखिममा रहेर फर्काइएका २०२ जनामध्ये जनजाति ५२ जना मधेसी ४८, ब्राह्मण क्षेत्री ३६ जना चौधरी र राजवंशी ३६ दलित २८ जना र २ जना मुस्लिम समुदायका रहेको पोखरेलले जानकारी दिनुभयो ।

खोटाङ, धनकुटा, तेह्रथुम, इलाम, सिन्धुपाल्चोक, भोजपुर, पाँचथर, संखुवासभा, सर्लाही, सल्यान, दोलखाका समेत उद्धार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। भारतको दार्जिलिङ सहित नेपालका २३ जिल्लाका जोखिममा परेकालाई विराटनगरबाट उद्धार भएको पोखरेलको भनाइ छ।


प्रतिक्रिया