भारतले तेस्रो पटक जित्यो टी-२० विश्वकपको उपाधि

Jhalkonepal

काठमाडौं । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेलिएको टी-२० विश्वकपको फाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै भारत च्याम्पियन बनेको छ।

योसँगै भारत तेस्रो पटक टी-२० विश्वकप जित्ने पहिलो देश पनि बनेको छ।

भारतले न्युजिल्याण्डलाई जितको लागि २५६ रनको लक्ष्य दिएको थियो। तर, न्युजिल्याण्ड १९ ओभरमा १५९ रनमा अलआउट भयो। यो जितसँगै भारतले न्युजिल्याण्डलाई ९६ रनले पराजित गर्‍यो र लगातार दोस्रो पटक टी-२० विश्वकप विजेता बन्यो।

फाइनलमा भारतका बलर र ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरे। जसप्रीत बुमराहले चार ओभरमा मात्र १५ रन दिँदै चार विकेट लिए, जसले भारतलाई लगातार दोस्रो पटक उपाधि जित्न मद्दत गर्‍यो।

यसैबीच, अक्षर पटेलले पनि तीन ओभरमा २७ रन दिएर तीन ब्याट्सम्यानलाई पवेलियन पठाए र भारतको जितमा महत्वपूर्ण भूमिका खेले।

यसअघि, सञ्जु, किशन र अभिषेकको आँधीबेहरी पारीको मद्दतले भारतले २० ओभरमा २५५ रनको ठूलो स्कोर बनाएको थियो।

प्रतिक्रिया