काठमाण्डाै, असार १३
आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा इङ्ग्ल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
प्रोभिडेन्स स्टेडियम गुयानामा इङ्ग्ल्यान्डका कप्तान जोस बटलरले टस
जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएका हुन् । यस अघि
नेपाली समयअनुसार राति ८:१५ बजेदेखि खेल सुरु हुने तालिका रहेपनि वर्षा बाधक बन्दा
समयमै टस हुन सकेको थिएन ।
रोहित शर्माको कप्तानीमा रहेको भारत जारी सिजनमा अपराजित रहँदै
सेमिफाइनलमा पुगेको हो भने जोस बटलरको कप्तानीमा रहेको इङ्ग्ल्यान्ड समूह चरण र
सुपर ८ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । आजको
खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।
यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ
विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो।