इटहरीमा मध्यरातमा आगलागी एक जनाको मृत्यु

Jhalkonepal


सुनसरी , फागुन २०  

                

सुनसरीको इटहरीमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । आगलागीमा  ५२ वर्षकी गोपीमाया कट्वालको जलेर मृत्यु भएको हाे  ।

गएराती पौने १२ बजे तिर इटहरी विपी चोक ६ मा रहेको  विष्णु बहादुर खड्काको चार तले घरको दोस्रो तलामा आगलागी भएको बताइएको छ । कट्वाल धरान ५ घर भई इटहरीमा डेरा गरी बस्दै आउनुभएको थियो ।

घटनाको बारेमा विस्तृत विवरणका लागि अनुसन्धानमा  भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख टेक बहादुर कार्कीले  जानकारी गराउनु भयो । 

 

प्रतिक्रिया