आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा टिप टपलाई जित्दै पुलिस सेमिफाइनलमा प्रवेश

Jhalkonepal

काठमाडौं, वैशाख १०

आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा पहिलो खेल जितेर नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

आज राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा टिपटप न्यु डायमण्ड युथ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमण्डले दोस्रो सेटको सुरुवात राम्रो गरेपनि अन्य समयमा चुनौती दिन सकेन । २५-१४, २५-२२ र २५-१३ ले पुलिसले सहजै खेल आफ्नो पक्षमा पार्यो ।

समूह ‘बी’ मा न्यु डायमण्ड युथ क्लब र पुलिस छन् । समूह चरणको एक मात्र खेल जितेर पुलिस समूह विजेता बन्यो। एक पटकको विजेता न्यु डायमण्ड पनि उप विजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।

आज भएको पहिलो खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) ले समूह एमा विजयी सुरुवात गर्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हरायो ।

प्रतियोगितामा कुल ५ टोलीको सहभागिता छ । समूह ‘ए’ अर्को टोली एभरेष्ट भलिबल क्लब छ।

प्रतिक्रिया