काठमाण्डौं, बैशाख ३०
भारत पाकिस्तान सैन्य तनावका विच सुरक्षाको कारण स्थगित भएको आइपीएलका बाकी खेल शनिवार देखि शुरु हुदैछ । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले हिजो शनिवार देखि बाकी खेल शुरु गर्ने निर्णय गरेको हो । बाकी खेल विभिन्न ६ शहरमा खेलाइनेछ ।
गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो ।
नयाँ लिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।
यसअघि जयपुरमा कुनै पनि खेल नहुने अनुमान गरिएको थियो । तर बोर्डले चयन गरेका ६ शहरमध्ये जयपुर पनि समावेश गरिएको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ ।