आईपीएल २०२५ अपडेट

Jhalkonepal

काठमाडौं, वैशाख १५ 

आईपीएल २०२५ को हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा, दिल्ली क्यापिटल्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो। जवाफमा, बेंगलुरुले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

दिल्ली क्यापिटल्सको पारीमा दिल्लीका लागि कप्तान अक्षर पटेलले ४२ रनको योगदान दिए। अन्य ब्याट्सम्यानहरूबाट उल्लेखनीय प्रदर्शन नहुँदा टोलीले १६२ रनमा सीमित रहनुपर्‍यो।

जवाफमा उत्रिएको बेंगलुरुको पनि शुरुवात राम्रो थिएन । तर विराट कोहलीले ५१ रन बनाउँदै टिमलाई सम्हालेका थिए । बेंगलरुको जितकोको लागि क्रुणाल पाण्ड्याले नट आउट ७३ रन बनाउर टिमको जित सुनिश्चित गरे । अन्तिम तिर व्याटिंग गर्न आएका टिम डेविडले ५ बलमा १९ रन को आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

जित संगै, रोयल च्यालेन्जर्स बेंगलुरु अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्स भने चौथो स्थानमा झरेको छ।

यस अघि हिजो दिउसो भएको खेलमा मुम्बईले  लगनउलाई ५४ रनले पराजि गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । दोस्रो स्थानमा गुजरातको टिम रहेको छ । 

प्रतिक्रिया