टि२० विश्वकपमा आज देखि सुपर ८ का खेल हुदै

Jhalkonepal

काठमाण्डौं, असार ५

टि२० विश्वकप क्रिकेट प्रतियोगितामा आज देखि सुपर ८ का खेल शुरु हुदैछ । समुह चरणका खेलमा विजेता र उपविजेता बनेका टोलीहरु अव दुई समुहका खेल्नेछन । दुबै समुहबाट विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन । 

सुपर ८ अन्तरगत पहिलो समुहमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश र भारत रहेका छन । दोस्रो समुहमा दक्षिण अफ्रिका, इंग्लैण्ड, अमेरिका र वेष्ट इन्डिज रहेका छन । यी ८ वटै देश सन २०२६ मा हुने टि२० विश्वकप क्रिकेटको लागि सोझै छनौट भएका छन । 

पहिलो समुह अन्तरगत आज दक्षिण अफ्रिका र अमेरिका तथा भोलि विहान वेष्ट इन्डिज र इंग्लैण्डका विच खेल हुनेछन । 

पहिलो खेल  नेपाल समय अनुसार साँझ सवा ८ बजे दक्षिण अफ्रिका र अमेरिका विच हुनेछन भने भोली विहान सवा ६ वजे वेष्टइन्डिज र इंग्लैण्ड विच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया