सुनसरी वैशाख १४
प्रधानमन्त्री
पुष्पकमल दाहालले विश्वविद्यालयहरूमा रिक्त रहेको पदाधिकारी नियुक्तिको प्रक्रिया
अन्तिम चरणमा पुगेको बताउनुभएके छ । मोरङको सुन्दरहरैचा स्थित गोठगाउमा शुक्रवार
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै
प्रधानमन्त्री दाहालले सो करा बताउनुभएके हे । खुल्ला प्रतिस्पर्धाको आधारमा
पदाधिकारीको नियुक्तिको प्रक्रिया अघि बढाइएकोले केही समय ढिलाइ भए पनि नियुत्ती
प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँके भनाइ छ ।
सरकारले विश्वविद्यालय सुधारका लागि विभिन्न प्रयास थालेको बताउँदै
आफ्नै पालामा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रियाको थालनी भएको समेत
बताउनुभयो । विश्वविद्यालय उपकुलपति मात्रै नभई अन्य पदाधिकारीहरू पनि खुल्ला
प्रतिस्पर्धाका आधारमा छान्न सरकारले सुरु गरिसकेको बताउँदै उनले विश्वविद्यालय
सुधार गर्नका लागि खुल्ला प्रतिस्पर्धाको आधारमा पदाधिकारी नियुक्तिको विकल्प
नभएको उहाके दाबी छ ।
त्रिभुवन विश्वविद्यालयबाट कार्यान्वयनमा ल्याइएको खुल्ला
प्रतिस्पर्धात्मक प्रणालीलाई पूर्वाञ्चल विश्वविद्यालय लगायत अन्य
विश्वविद्यालयहरूमा पनि लागु गरिसकिएको उनले जानकारी दिए । केही दिन अघि मात्रै
त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिस्टार खुल्ला प्रतिस्पर्धाका आधारमा
नियुक्त गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसबाट विश्वविद्यालय सुधारका
लागि सरकार गम्भीर भएको सन्देश गएको दाबी गरे । उनले भने -अब विश्वविद्यालयमा
जुनसुकै तहमा पदाधिकारीको नियुक्ति प्रचलित कानुन बमोजिम खुल्ला प्रतिस्पर्धाका
आधारमा नियुक्त गर्दै जाने र विश्वविद्यालयका कानुनलाई संशोधन गरेर पूर्ण रूपमा
स्वायत्त र स्वतन्त्र बनाउनुपर्छ भन्ने सरकारको धारणा छ । त्रिभुवन विश्वविद्यालय पूर्व उपकुलपति केदारभक्त माथेमा प्रमुख
अतिथि रहेको १२ औँ दीक्षान्त समारोहमा ७ हजार ८ सय ५६ विद्यार्थी दीक्षित भएका छन्
। जसअन्तर्गत स्नातक तहमा ६ हजार ५ सय ६८, स्नातकोत्तर तहमा १ हजार २ सय ८५ र एम
फिलमा ३ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालये जनाएको छ ।