काठमाडौं, वैशाख २७ — भारतीय क्रिकेट बोर्ड ९द्यऋऋक्ष्० ले सन् द्दण्द्दछ को इण्डियन प्रिमियर लिग IPL स्थगित गर्ने निर्णयसँगै ठूलो आर्थिक घाटा व्यहोर्नु पर्ने भएको छ। क्रिकेट सम्बन्धी जानकारी दिने अनलाईन क्रिक इन्फोका अनुसार BCCI लाई करिब २००० करोड भारतीय रुपैयाँ बराबरको नोक्सान पुग्नेछ।
IPL विश्वकै सबैभन्दा चर्चित र मुनाफा कमाउने क्रिकेट लिगमध्ये पर्छ। टेलिभिजन प्रसारण अधिकार, डिजिटल स्ट्रिमिङ, टाइटल प्रायोजन, टिकट बिक्री र व्यापारिक साझेदारीहरूबाट BCCI ले हरेक वर्ष अर्बौंको आम्दानी गर्दै आएको थियो।
BCCI स्रोतका अनुसार, टेलिभिजन र डिजिटल प्रसारण अधिकारको मात्र मूल्य लगभग ४८५० करोड रुपैयाँ वार्षिक थियो, जुन यस वर्ष गुम्नेछ। साथै, विज्ञापन र मैदानमा हुने गतिविधिबाट आउने आय ठप्प हुने भएकाले भारतीय क्रिकेट उद्योगमा समेत यसको ठूलो प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।
एक वरिष्ठ खेल विश्लेषकले भने, “IPLस्थगित हुनु भनेको भारतमा मात्रै होइन, विश्व क्रिकेट बजारमा पनि ठूलो झड्का हो। यसले खेलाडीहरूको आम्दानीदेखि टिम मालिक, प्रायोजक र करोडौं दर्शकसम्म असर गर्छ।”
BCCI ले IPL स्थगनको कारण सार्वजनिक नगरे पनि राजनीतिक वा सुरक्षाजन्य चुनौतीहरू, वा कुनै आकस्मिक आपतकालीन परिस्थितिका कारण यो निर्णय गरिएको अनुमान गरिन्छ।