कोशी प्रदेशमा प्राकृतिक विपदका घट्नामा एक वर्षामा ७७ जनाले ज्यान गुमाए

Jhalkonepal

 

सुनसरी, साउन २

कोशी प्रदेशमा प्राकृतिक विपदमा  परेर एक बर्षमा ७७ जनाकाे  मृत्यु भएको छ । २सय ७७ जना घाइते भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जङ्गली जनावरको आक्रमणमा परेर सो सङ्ख्यामा मृत्यु तथा घाइते भएका हुन् ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार एक वर्षमा एक हजार ७ सय ३१ स्थानमा आगलागी भएको भने ४ सय ९६ स्थानमा पहिरो, २ सय ५३ स्थानमा जङ्गली जनावरको आक्रमण, १ सय ८४ हावाहुरी, १ सय १७ स्थानमा बाढी र ८७ स्थानमा चट्याङले मानवीय क्षति गरेको छ ।

दाहालका अनुसार  बाढीका कारण २२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन्। यसैगरी आगलागीमा परेर २० जनाको मृत्यु भएको छ भने , चट्याङ लागेर १३ जनाको मृत्यु भएको छ । यस्तै जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने पहिरोमा परी ९ जनाको मृत्यु भएको बताइएको छ ।

यसैगरी पहिरोमा परेर २०, चट्याङले लागेर ३६जना आगलागीमा परी १सय३४जना , हावाहुरीका कारण ६ जना  तथा जङ्गली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्याङ्क रहेको छ । यसैगरी प्राकृतिक विपद्का कारण दुई हजार २ सय ७४ घर परिवार प्रभावित भएका छन् ।

 

 

प्रतिक्रिया