मधेस प्रदेशमा पुनः मन्त्रिपरिषद् पुनर्गठन ,थपिए तीन मन्त्री र एक राज्यमन्त्री

Jhalkonepal


धनुषा,चैत १०

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट ३ जना मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । पुनर्गठन गरिएको मन्त्रीपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानूनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश गर्नुभएका सांसद प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिनुभएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई आज नै प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ ग्रहण गराउनुभएको छ । मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीले तीनैजना नवनियुक्त मन्त्री र एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भयो ।


प्रतिक्रिया