साफ महिला च्याम्पियनसिप : बंगलादेश फाइनल प्रवेश, बेलुका नेपालले भारतसँग खेल्दै

Jhalkonepal

काठमाडौं,कार्तिक ११
जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल  खेलमा साविक विजेता बंगलादेश फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलले हरायो ।
पहिलो हाफ सकिँदा भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि थियो । दोस्रो हाफमा बंगलादेशले थप २ गोल गर्यो । भने भुटानले कुनैपनि गोल फर्काउन सकेन् ।
बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले समान दुई तथा रितु पुर्णा चक्मा र सन्जिदा अख्तरले समान एक गोल गरिन्। एक गोल फर्काएको भुटानले खेलको ४० औं मिनेटमा गोल गरेको छ । सेमिफाइनल अन्तर्गत बेलुका नेपालले भारतसँग खेल्दैछ ।
 

प्रतिक्रिया