काठमाडौं, असोज १४
नेकपा एमालेको कोशी प्रदेश कमिटी र कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
कर्णालीमा प्रदेश निर्वाचन कमिटीको कार्यालय सुर्खेतमा बिहान ८ बजेदेखि मतदान सुरू हुने बताइएको छ।
त्यहाँ अध्यक्षमा मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी छ।
शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन्।
त्यस्तै कोशीमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान गराउने तयारी छ।
प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्।
कोशीको नेतृत्वका लागि अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धामाछन
१३ असोज २०८०, आईतबार ०७:४५ मा प्रकाशित