छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Jhalkonepal
काठमाडौँ,मंसिर ३ 

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

अस्ताउँदो सूर्यलाई अर्घ दिन आइतबार साँझ व्रतालुहरू छठ पूजास्थल जाने गर्छन्  ।

राजधानीका गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ भने देशमा बिभिन्नभागमा छठ पर्व मनाउन पुजास्थल बनाइछकाछन  । बिशेषगरी तराई क्षेत्रमा छठ धूमधामले मनाइन्छ । आज मधेस प्रदेशमा यसको रौनकता विशेष देखिन्छ । 

विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । 
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकामना पुरा हुने , परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

प्रतिक्रिया