मोरङ, फागुन ५
मोरङको बूढीगंगा गाउँपालिका– ७ मा बोक्सीको आरोपमा एक जना महिलालाई मलमूत्र खुवाइएको छ ।
५५ वर्षीय महिलालाई कुटपिट गर्दै मलमुत्र खुवाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताउनुभयाे । घटनामा संलग्न रहेको आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
माझीको घरबाट दियो हराएको र बोक्सीका कारण हराएको भन्दै महिलालाई मलमूत्र खुवाइएको पाइएकाे छ ।
प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको धामीको काम गर्दै आएकी माझीले पीडित महिलालाई लगाइन् । पूजाको दियो हराएपछि बोक्सीले चोरी गरेको भनेर माझीले यातना दिँदै महिलामाथि अमानवीय व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बोक्सी प्रवेश गरेको भन्दै लछारपछार पारेर मलमूत्र खुवाउँदै अमानवीय व्यवहार गरेको भन्दै
पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकी माझीविरुद्ध बोक्सी आरोपको कसुरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएकाे छ ।