झापामा एक किशेरी माथि आक्रमण , गाेलीकाे छर्रा लागेर घाइते
Jhalkonepal
झापा, वैशाख २१
झापामा एक किशेरी माथि आक्रमण भएको छ । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक
छात्रामाथि आक्रमण भएको हो ।
आक्रमणमा
परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी
कृष्ण चन्दले जानकारी दिनुभयो । उनको दमकस्थित
लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
अधिकारीको
पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शरीरका दुई ठाउँमा चोट
देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको प्रहरीले जनाएको छ ।