सुनसरी , फागुन १३
सुनसरीको बराहक्षेत्रबाट सशस्त्र प्रहरीले २ सय ७३ किलो गाँजा लोड गरिएको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारको चतरा– धरान सडक खण्डमा पर्ने बगुवाबाट सूर्यकुण्डतर्फको भित्री सडकमा गाँजा लोड भएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो ।
आइतबार बिहान सशस्त्र प्रहरी बल सुरक्षा बेस चतराबाट खटिएको टोलीले को १ च २९३७ नम्बरको एम्बुलेन्समा लोड भएको गाजा बरामद गरेको थियो । प्रहरीलाई देखेपछि एम्बुलेन्स चालकसहित केही व्यक्तिहरू भने एम्बुलेन्स छाडेर फरार भएको जनाइएको छ । एम्बुलेन्स भारत सरकारबाट क्यू.जि.ई रेजिमेन्टल एशोसिएसनको नाममा अनुदान सहयोगमा उपलब्ध भएको देखिन्छ ।
नेपाल प्रहरीले शनिबार भेडेटारमा मे १ च २०३२ नम्बरको एम्बुलेन्सबाट ५२ केजी गाजा बरामद गरेको थियो ।
१२ फाल्गुण २०८०, आईतबार ०५:४३ मा प्रकाशित