इटहरीमा बन्ने भयो नयाँ प्रविधियुक्त इलेकट्रोनिक दाहसंस्कार स्थल , एकै पटक दुई शब व्यवस्थापन गर्न सकिने

Jhalkonepal
सुनसरी , फागुन १७

इटहरीमा कोशी प्रदेशमै पहिलो नयाँ  प्रविधियुक्त इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको छ । प्रदेश सरकार र इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको हो  । ३ करोड ५० लाखको लागतमा बन्ने इलेकट्रोनिक दाहसंस्कार स्थलको लागि कोशी प्रदेश सरकारको ७० प्रतिशत र इटहरी उप महानगरको ३० प्रतिशत  लगानी रहेको छ । यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी इटहरी उप महानगरपालिका अन्तरगत  बुढी गङ्गा जमुना मुक्ति घाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि सम्झौता भएको इटहरी उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी  दिनुभयो ।  

 दाहसंस्कारका लागि दाउरा खरिद गर्न विपन्न तथा गरिबहरूलाई महँगो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको मेयर  पौडेलको भनाइ छ । एकै पटकमा दुई वटा सम्म शव जलाउन सकिने नयाँ प्रविधि भएकाले दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेट सम्म मात्रै समय लाग्ने  उपमहानगरले बताएकाे छ ।  

प्रतिक्रिया