काठमाडौं,भदाै ९
पहिलो सेमिफाइनल भिडन्तमा
पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ ।
खेलको निर्धारित समय १-१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो
पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै
भुटानलाई ४-१ को नतिजासहित घरको बाटो देखायो ।
नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक
सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए ।
नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।
खेलमा गोल भने नेपालले खाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा भुटानले खेलको ५६ औँ मिनेटमा अग्रता
बनाएको थियो ।
भुटानका लागि जेत्सुन दोर्जीले उत्कृष्ट गोल गर्दै सातदोबाटो खेल
मैदानमा नेपाली समर्थकलाई पनि स्तब्ध बनाइदिए ।
तर खेलको ७८ औँ मिनेटमा निराजन धामीले
गोल फर्काउन सफल हुँदै नेपालको आशा जीवितै राखेका थिए। त्यसपछि दुवै टोलीले गोल
गर्न नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो । जहाँ नेपाली किपर चम्किँदा
भुटान सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो ।
नेपाल समूह ‘ए’ का दुवै खेल जितेर
विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । नेपालले समूह चरणमा श्रीलंका र
बंगलादेशलाई हराएको थियो ।
यस्तै, भुटान समूह ‘बी’ को उपविजेता बन्दै समिफाइनलमा पुगेको थियो ।
भुटानले माल्दिभ्सलाई हराएको थियो भने भारतसँग पराजित भएको थियो ।
अब दोस्रो सेमिफाइनल खेल सोमबार भारत
र बंगलादेशबीच हुनेछ । यो सेमिफाइनल भिडन्तपछि नेपालसँग उपाधि भिडन्त गर्ने टोली टुंगो
लाग्नेछ । यो प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ