सभापति कप फुटबल प्रतियोगिताको उपाधि संकटालाई

Jhalkonepal

काठमाडौं, माघ १७

सभापति कप फुटबल प्रतियोगिताको उपाधि ए डिभिजन टोली संकटा क्लबले जितेको छ ।

गोलकिपर दिप कार्कीले पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरपछि आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई हराउँदै संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा गोलरहित र पेनाल्टी सुटआउटमा ३-३ को बराबरीपछि सडन डेथमा संकटाले बाजी मारेको हो । समग्रमा संकटाले ४-३ को जित निकाल्यो । सडन डेथमा दीपले गौरव श्रेष्ठको पेनाल्टी रोक्दै संकटालाई आफ्नो कप्तानीमा उपाधि दिलाए ।

प्रतियोगिताको विजेता संकटाले २६ लाख र बागमतीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

 

प्रतिक्रिया