टि२० विश्वकपमा अफगानिस्तानको विजयी शुरुवात

Jhalkonepal

सुभेष सिनाल

काठमाण्डांंैं, जेठ २२

अफगानिस्तानले २०२४ टि२० विश्वकपमा विजयी शुरुवात गरेको छ । आज विहान भएको खेलमा अफगानिस्तानले युगान्डालाई १२५ रनको विशाल अन्तरले पराजित गर्दै प्रतियोतिगामा सुखद शुरुवात गरेको छ । पहिलो पटक विश्वपक खेल्न लागेको युगान्डाले टस जितेर अफगानिस्तानलाई ब्याटिंगको निम्तो दियो । अफगानिस्तानका ओपनर रहमानुल्लाह गुरबाजले ७६ र इब्राहिम जर्दानले ७० रन बनाएर अफगानिस्तानलाई बलियो शुरुवात दिलाएका थिए । ओपनर आउट भएपछि मोहम्मद नावीले १४ रन बनाए । अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । 

युगान्डाका कोसमस क्युटा र ब्राइन मशाबाले २,२ विकेट लिए भने अप्लेपस रम्जानीले १ विकेट लिए । 

१८४ रनको लक्ष्य पछ्याउन आएको युगान्डा अफगास्तिानको अगाडी निरिह जस्तै देखियो । युगान्डाले १६ औं ओभरमा ५८ रन बनाउदा आफ्ना सबै विकेट गुमायो । युगान्डाका रुबिन्सन उवायाले १४ रन  र रैजत अलि शाहले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन् । अफगास्तिानको फैजलहक फारुकीले ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिए । यस्तै रसिद खानले ४ ओभरमा १२ रन खर्चेर २, नविन उल हकले २ ओभरमा ४ रन खर्चेर २ विकेट तथा मुजिबुर रहमानले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । 


प्रतिक्रिया