राष्ट्रपति पौडेल सोलखुम्बु आउँदै, पालिका भवन उद्दघाटन गर्ने कार्यक्रम

Jhalkonepal

सोलुखुम्बु , चैत १०


राष्ट्रपति रामचन्द्र पौडेल भोलि सोलुखुम्बु जिल्ला आउने हुनुभएको छ ।

सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्धघाटनका लागि भोलि राष्ट्रपति आउनुहुने भएको हो । नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेल चैत्र ११ गते सोमबार सोलुखुम्बु आउन लाग्नुभएको हो । 

राष्ट्रपति पौडेलले भवन उद्घाटनका साथै सम्बोधन गर्ने कार्यक्रम तय भएको नेचासल्यान गाउँपालिका उप-अध्यक्ष बिना राईले जानकारी दिनुभयो ।  गत आर्थिक वर्ष २०८०/८१ को वैशाख मा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भइ निर्माण कम्पनी आरोन ओम बालाजी इ आर रामेछापले गाउँपालिकालाई चाबी हस्तान्तरण गरेको थियो । 


प्रतिक्रिया