साफ यू–२० च्याम्पियनसिप: बंगलादेश र श्रीलंका भिड्दै,श्रीलंका जित्नै पर्ने दबाबमा

Jhalkonepal

काठमाडौँ, भदाै ४ 

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत मंगलबार समूह ए को खेलमा बंगलादेश र श्रीलंका भिड्दैछन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। च्याम्पियनसिपमा पहिलो खेल खेल्न लागेको बंगलादेश सुखद सुरुवात गर्ने आशामा छ। 

उता पहिलो खेलमा घरेलु टोली नेपालसँग पराजित भएको श्रीलंका बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना जिवित राख्ने योजनामा मैदान उत्रनेछ। 

च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंका नेपालसँग १–० गोल अन्तरले पराजित भएको थियो। 

श्रीलंकाले आजको खेलमा बंगलादेशमाथि जित निकाले र समूह चरणको अन्तिम खेलमा नेपालले पनि बंगलादेशलाई पराजित गरे श्रीलंकाले अन्तिम चारको यात्रा तय गर्नेछ। 

तर आजको खेलमा पनि श्रीलंका पराजित भए समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्नेछ। त्यसैले श्रीलंका जित्नै पर्ने दबाबमा छ।

प्रतिक्रिया