एसियायी खेलकुदमा चीन शिर्ष स्थानमा : नेपाल पदकबिहिन

Jhalkonepal

हांग्जाउ, असोज १३

एसियाली खेलकुद प्रतियोगिताको पाचौ दिनको खेल सकिदा आयोजन चीन ९० स्वर्ण, ५१ रजत, २६ कास्य पदक जित्दै पहिलो स्थानमा छ । पाचौ दिन सम्म आइपुग्दा दक्षिण कोरिया २४ स्वर्ण २२ रजत ३९ कास्य सहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण , ३० रजत र ३० कास्य पदक जितेको छ । 

प्रतियोगितामा नेपालले अहिले सम्म कुनै पदक जित्न सकेको छैन । नेपालले आशा गरेको पब्जि बक्सिंग र जुडोमा नेपाली खेलाडी सेमिफाइनल पुग्न असफल रहे । नेपालको आशा गरिएको करातेका स्पर्धा शुरु भएको छैन भने क्रीकेटमा समूह चरणको दोस्रो खेल माल्दिभ्स संग खेल्न बाकी छ । माल्दिभ्सलाइ पराजित गरे नेपाल क्वाटरफाइनलमा पुग्ने छ जहाँ नेपालले टेस्ट मान्यता प्राप्त देशको दोस्रो रोजाइको टोलि संग प्रतिस्पर्धा गर्ने छ। क्वाटर्फाइनलमा उत्कृष्ट नतिजा निकाल्न सके क्रीकेटमा पनि नेपालले पदक जित्ने सम्भावना बढ्नेछ । 

प्रतियोगितामा शिर्ष १० स्थानमा रहेका टोलिको पदक तालिका 


प्रतिक्रिया