सुनसरी, साउन २८
सुनसरी झुम्का कारागारबाट एक जना कैदी भागेका छन्।
खोटाङ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाटै भागेका हुन्।
उनी मंगलबार राति कारागारबाट भागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ।
प्रहरीका अनुसार खत्रीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राखिएको थियो। २०८१ साउन २१ गतेदेखि उनी थुनामा थिए।
२०८१ चैत २५ गते जिल्ला अदालतले उनलाई १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
उनलाई कारागारको 'बी' ब्लकमा राखिएको थियो। कसरी भागे भन्ने विषयमा अनुसन्धान र छलफल भइरहेको प्रहरीले बताएको छ।
२८ साउन २०८२, बुधबार ०१:४६ मा प्रकाशित