खेलकुद, कार्तिक ८
विश्वकप क्रिकेट प्रतियोगिताको लिग चरणका लगभग आधा खेल सकिएका छन । प्रतियोगिताको लिग चरणको २४ औं खेल आज नया दिल्लीमा अस्ट्रेलिया र नेदरलैण्डका विच हुनेछ । अस्ट्रेलिया ४ अंककासाथ अहिले चौथो स्थानमा छ । अस्ट्रेलिया संगै पाकिस्तान, र अफगानिस्तानको पनि ४ अंक छ छर रन रेटको आधारमा अस्ट्रेलिया अगाडी छ । पाकिस्तान र अफगानिस्तानले ५ खेल खेलिसकेका छन भने अस्ट्रेलियाले पाचौ खेल आज नेदरलैण्ड संग खेल्ने छ ।
प्रतियोगितामा हिजो दक्षिण अफ्रिकाले बंगलादेशलाइ फराकिलो अन्तरले पराजित गरि ८ अंकका साथ न्यूजिलैण्डलाइ पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । बंगलादेश भने लगातार ४ पराजय भोग्दै तालिकाको १० औं स्थानमा झरेको छ ।
हेर्नुस अंक तालिका
७ कार्तिक २०८०, बुधबार ०८:५१ मा प्रकाशित