जय ट्रफी पुरुष एलिट कपमा आज दुई खेल हुँदै

Jhalkonepal

काठमाडौँ, पुस २४  

जय ट्रफी पुरुष एलिट कपमा आज दुई खेल हुँदैछन् । 
जनपुरस्थित रामजानकी मैदानमा आर्मी र  बागमती प्रदेशको  खेल विहान ९ बजे सुरु हुनेछ ।
दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन्। पहिलो खेलमा बागमती मधेश प्रदेश तथा आर्मी पुलिससँग बराबरीमा रोकिएका थिए ।
यसैगरी वीरगन्जको नारायणी क्रिकेट मैदानमा पुलिस र मधेश प्रदेश आमने सामने हुनेछन्। यो खेल पनि विहान ९ बजे सुरु हुनेछ।

प्रतिक्रिया