श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ

Jhalkonepal

दाङ, माघ २१

दाङमा आमा छाेराकाे हत्या  भएकाे छ ।श्रीमती  र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका हन्।

उनले आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेका हुन । 

पक्राउ परेका नेपालीमाथि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयाे । 

मल्लका अनुसार  प्रहरी जवान  शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए।

उनी घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए।

आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिनुभएकाे हाे । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका बताइएकाे छ । 

प्रतिक्रिया