काठमाण्डाै, असार २०
कोपा अमेरिका फुटबलमा भोलि शुक्रवारदेखि क्वार्टरफाइनलका
खेल शुरु हुँदैछ ।
पहिलो
क्वार्टरफाइनलमा भोलि बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र इक्वेडर
खेल्दैछन् । यो खेल टेक्सासको एनआरडी स्टेडियममा हुनेछ । अर्जेन्टिना समूह ‘ए’ को
विजेता बन्दै र इक्वेडर समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम–८ मा पुगेका हुन् ।
इक्वेडरले
सन् २०१५ यता अर्जेन्टिनालाई हराउन सकेको छैन । पछिल्ला ५ खेलमा अर्जेन्टिनाले ४
खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।
यस्तै
पर्सि बिहान पौने ७ बजे भेनेजुएला र क्यानडा खेल्दैछन् । यस्तै आउँदो आइतवार बिहान
पौने ४ बजे कोलम्बिया र पनामा तथा त्यही दिन बिहान पौने ७ बजे उरुग्वे र ब्राजिल
खेल्दैछन् ।
२० असार २०८१, बिहिबार ०९:१४ मा प्रकाशित